प्रधानमन्त्रीले भेटे विमान दुर्घटनामा परेर मृत भएका परिवारलाई

bimbonline बिम्ब अनलाइन
२०७९ माघ ५ ११:५५ बजे
प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले यती एयरलाइन्सको जहाज दुर्घटनामा परेर ज्यान गुमाएका यात्रुका परिवारसँग भेट गरेका छन् ।  प्रधानमनत्री प्रचडले आज महाराजगन्जस्थित टिचिङ अस्पतालमा पुगेर यती एयरलाइन्सको जहाज दुर्घटनामा परेर ज्यान गुमाएका यात्रुका परिवारसँग भेट गरेका हुन् । 

बिहीबार बिहान प्रधानमन्त्रीले शव पहिचानको स्थितिबारे जानकारी लिंदै शव पहिचानको काम छिटो गर्न, पहिचान वैज्ञानिक बनाउन र छिटो परिवारलाई हस्तान्तरण गर्न निर्देशन दिएका छन् ।

प्रधानमन्त्रीले शव पहिचानको काम छिटो सक्न सरकारको तर्फबाट चाहिने सहयोग माग्न पनि अस्पतालका पदाधिकारीलाई आग्रह गरेका छन् । भेटका क्रममा प्रचण्डले परिवारप्रति समवेदना प्रकट गरेका छन् । 

२०७९ माघ ५ ११:५५ बजे

प्रतिक्रिया