देशले २३ जना मन्त्री पाउँदा कर्णाली किन शून्य ?

bimbonline बिम्ब अनलाइन
२०७९ माघ ४ २०:०२ बजे
डा. भीम रावल

काठमाडौं । नेकपा एमाले नेता डा. भीम रावलले अहिलेको सरकारले सरकारमा कर्णालीको सहभागितालाई शून्य बनाएको भन्दै आक्रोश पोखेका छन् । उनले सामाजिक सञ्जाल मार्फत अहिलेको सरकारले  कर्णालीलाई कुनै मन्त्रालय नदिएर जसको जे स्वार्थ छ उसलाई त्यही स्वार्थ पूरा गर्न सहज हुने गरी मन्त्री बनाएको बताएका छन् । 

उनले समाजिक सञ्जाल फेसबुकमा लेखेका छन् , 'देशको सबभन्दा पछि परेको कर्णाली प्रदेशबाट कसैलाई मन्त्री नबनाइएको र जसको जे स्वार्थ छ उसलाई त्यही स्वार्थ पूरा गर्न सहज हुने मन्त्रालय दिइएको र मन्त्रिपरिषद्को संरचना हेर्दा सुशासन र उत्तरदायी पद्धतिका कुरा फगत गफ रहेछन् कि भन्ने प्रश्न यत्रतत्र उठिरहेको छ।'

अहिले बनेको प्रचण्ड नेतृत्वको सरकारमा पाँच जना उपप्रधानमन्त्री रहेका छन् । १४ जना विभिन्न मन्त्री रहेका छन् । अहिलेको सरकारमा तीन जना राज्य मन्त्री रहेका छन् । 

२०७९ माघ ४ २०:०२ बजे

प्रतिक्रिया