नयाँ सरकार सँगै सचिव फेर्ने पुरानै चलन निरन्तर

मन्त्री भएको २४ दिनमै नारायणकाजी श्रेष्ठद्धारा भौतिक सचिव परिर्वतन

bimbonline बिम्ब अनलाइन
२०७९ माघ ४ १९:३५ बजे
सचिव फेर्ने पुरानै चलन निरन्तर

काठमाडौं ।  नयाँ मन्त्री नियुक्त भएलगत्तै आफू अनुकुल सचिव  हेरफेर गर्ने चलनलाई अहिलेको सरकारले पनि निरन्तरता दिएको छ । नयाँ सरकारसँगै नयाँ बनेका भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठको प्रस्तावमा सरकारले दुई सचिवको सरुवा गरेको छ । मन्त्री श्रेष्ठले पनि आफू अनुकुल केशवकुमारलाई आफ्नो मन्त्रालयमा ल्याएका हुन् । श्रेष्ठ मन्त्रीमा नियुक्त भएको २४ दिन मात्रै भएको छ । उनले आफू मन्त्री भएको २४ दिनमै सचिव फेरेका छन् । 

सरकारले मन्त्री श्रेष्ठको प्रस्तावमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव गोपालप्रसाद सिग्देललाई सरुवा गरेको हो ।

 सरुवा भएका सचिवहरूमा सिग्देललाई ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयको सचिवमा सरुवा गरिएको छ भने, ऊर्जा जलस्रोत तथा सिँचाइ सचिव केशवकुमार शर्मालाई यातायात मन्त्रालयको सचिवमा सरुवा गरिएको हो ।

२०७९ माघ ४ १९:३५ बजे

प्रतिक्रिया