नेकपा(क्रान्तिकारी माओवादी)को प्रदेश नम्बर १ को प्रथम प्रदेश भेला सुरु

bimbonline बिम्ब अनलाइन
२०७९ माघ ४ १४:४७ बजे
नेकपा क्रान्तिकारी माओवादी

काठमाडौं । नेकपा(क्रान्तिकारी माओवादी)प्रदेश नम्बर १ को प्रथम भेला सुरु भएको छ । मंगलबार मोरङको विराटनगरमा भेला सुरु भएको हो । 

मंगलबार सुरु भएको भेलालाई नेकपा (क्रान्तिकारी माओवादी) का स्थायी कमिटी सदस्य तथा पार्टी प्रवक्ता प्रतिकले सम्बोधन  गरेका हुन् उनले सम्बोधन क्रममा सचेत पहलकदमी अगाडि बढाएर देशको आमुल परिवर्तन गर्न आवश्यक रहेको  बताए । उनले नामधारी कम्युनिस्टहरुले जनतालाई भ्रम छरेको बताउदै निहित स्वार्थमा लागेका नामधारी कम्युनिस्टहरुलाई नङ्घयाउने काम सच्चा क्रान्तिकारीहरुको भएको बताए ।  उनले अहिले दलाल पुँजीपति तथा सामान्तहरुको संयुक्त सरकार बनेको बताउदै भारत,अमेरीका र चीन कसको बढी दलाली गर्ने भनेर प्रतिस्पर्धा भैरहेको  बताएका छन् । 

उनले अहिलेको सरकारमा संघीयता र गणतन्त्र विरोधहरू सत्तामा गएको  बताए ।   उनले अहिलेका संसदवादी दलहरुले संसदीय व्यवस्थाको खिल्ली उडाएको बताएका छन् । साथै उनले अहिलेको सरकारबाट जनताले कुनै आश गर्ने आधार र बाटो नरहेको बताएका छन् ।  भेलाको प्रमुख अतिथि समेत रहेका प्रतिकले भेलालाई सफलताको शुभकामना दिए । 

सोही भेलालाई शुभकामना दिदै पार्टीका पोलिटब्यूरो सदस्य तथा प्रदेश नम्बर १ का इन्चार्ज दिनेश शर्माले क्रान्तिकारीहरु माथी उठेर आफु भित्रका फोहोरमैला अन्त्य गर्न सकेमात्र क्रान्ति पुरा गर्न सकिने बताए । उनले गलत गर्दा नेतृत्वको खुलेर आलोचना गर्न सक्ने व्यक्तिहरुले क्रान्ति गर्ने भन्दै रचनात्मक आलोचनाले क्रान्तिलाई अगाडि बढाउने उनको भनाई रहेको छ ।  उनले सच्चा कम्युनिस्टहरुले क्रान्तिको विकल्प दिन नसकेका कारण साम्राज्यवादका दलालहरु भित्रिएको बताए । शर्माले पार्टीले उठाएका कार्यदिशा पुरा गर्न गम्भिर भएर लाग्नुपर्ने भन्दै विचार मिल्नेहरूसँग एकताको निमित्त सबैतिरबाट बहस छेड्न आवश्यक रहेको धारणा राखे । 

उक्त भेलाको अध्यक्षता प्रदेश सेक्रेटरी सरलले गरेका हुन्, भने पार्टीका केन्द्रिय सदस्य तथा ओखलढुङ्गा सेक्रेटरी आदर्शले कार्यक्रमको सञ्चालन गरेका थिए । 

भेलालाई स्वागत मन्तव्य पार्टीका केन्द्रिय सदस्य तथा मोरङ्ग इन्चार्ज विमल निरौलाले गरे । प्रदेश नम्बर १ मा रहेका पार्टीका केन्द्रिय सदस्यहरू भेलामा अतिथि  रहेका थिए । 

२०७९ माघ ४ १४:४७ बजे

प्रतिक्रिया