विश्वासको मत लिँदै कर्णालीका मुख्यमन्त्री शर्मा

bimbonline बिम्ब अनलाइन
२०७९ माघ ४ ११:२० बजे
कर्णाली

काठमाडौं ।  कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री राजकुमार शर्माले प्रदेश सभाबाट विश्वासको मत लिने  भएका छन् ।  शर्माले प्रदेशसभा सचिवालयमा विश्वासको मत लिन पत्र दर्ता गरेका छन् ।  प्रदेशसभा सचिवालय स्रोतका अनुसार मंगलबार साँझ ५ बजे विश्वासको मत लिने प्रयोजनका लागि उनले प्रदेश सभा सचिवालयमा पत्र दर्ता गराएका हुन्।

प्रदेश सभा सचिव जीवराज बुढाथोकीले भने, ‘विश्वासको मत लिने पत्र दर्ता भएको समयदेखि ४८ घन्टापछि मात्रै उक्त प्रक्रिया सुरु हुन्छ । त्यसका लागि भोलि साँझ ५ बजे ४८ घन्टा पुग्छ । सरकारले चाहेको खण्डमा हामी भोलि साँझ पनि विश्वासको मत प्रयोजनका लागि सदन सुचारु गर्न सक्छौं । उहाँहरुले जहिले भन्नु हुन्छ हामी सदन सञ्चालन गर्न तयार छौं ।’

प्रदेश सरकारका मुख्यमन्त्री शर्माले विश्वासको मत कहिले लिने भन्ने बारेमा दलहरुबीच छलफल गर्ने बताए । ‘भोलि नै विश्वासको मत लिने वा पर्सि लिने यो विषयमा छलफल गर्छौं,’ मुख्यमन्त्री शर्माले भने ।

२०७९ माघ ४ ११:२० बजे

प्रतिक्रिया