अनेरास्ववियुको आगामी २३ औं महाधिवेशनमा नेतृत्वको चर्चा ,नीतिमा मौन

bimbonline बिम्ब अनलाइन
२०७९ माघ ३ २०:२१ बजे
अनेरास्ववियु

काठमाडौँ । नेकपा (एमाले) निकट विद्यार्थी संगठन अनेरास्ववियुको २३औं राष्ट्रिय महाधिवेशन आगामी फागुन २–४ मा काठमाडौँमा  हुने भएको छ । आगामी अध्यक्षका लागि तीन जना मुख्य दाबेदार छन् । वरिष्ठ उपाध्यक्ष आरसी लामिछाने, उपाध्यक्ष लोकेश निरौला र महासचिव समिक बडाल भावी नेतृत्वका लागि आन्तरिक तयारीमा जुटेका छन् । 

तीनै जना २०औँ महाधिवेशन जनकपुरबाट निर्वाचित केन्द्रीय सदस्य हुन् । २०औँ महाधिवेशन अघि २०६७ मा भएको काठमाडौँ क्याम्पस जिल्ला कमिटीको अध्यक्षमा लामिछाने र निरौलाले प्रतिष्पर्धा गरेका थिए । जहाँ निरौला निर्वाचित भएका थिए । २२ औँ राष्ट्रिय महाधिवेशन काठमाडौंबाट लामिछाने र बडाल सचिवमा निर्वाचित भएका थिए भने निरौला सचिवालय सदस्यमा निर्वाचित  थिए । 

२०६२ को स्ववियु निर्वाचनमा बानेश्वर क्याम्पस, बानेश्वरमा  नविना लामा सभापतिमा निर्वाचित हुँदा निरौला उपसभापतिमा निर्वाचित भएका थिए । २०६२ कै  स्ववियु निर्वाचन मा त्रिचन्द्र क्याम्पसमा  बडाल स्ववियु सदस्यमा निर्वाचित भएको थिए ।

उपाध्यक्षहरू मोती विक, वाङ्छु योञ्जन, उमेश आचार्य, झपीन्द्र खत्री र कल्पना वाइवा पनि अध्यक्षका आकांक्षी छन् । अखिलको २३औं महाधिवेशनका लागी नेतृत्वका वारे चर्चा भए पनि नीति  र कार्यक्रम बारे भने केही जनाएको छैन।

२०७९ माघ ३ २०:२१ बजे

प्रतिक्रिया