मधेश प्रदेशको सभामुखमा एमालेका रामचन्द्र मण्डल

bimbonline बिम्ब अनलाइन
२०७९ माघ ३ १९:३४ बजे
मधेश प्रदेश

जनकपुरधाम । मधेश प्रदेशको सभामुख मा नेकपा एमालेका रामचन्द्र मण्डल बनेका छन् । मंगलबार प्रदेशसभामा भएको सभामुखको निर्वाचनमा मण्डल निर्वाचित भएका हुन् ।

मत विभाजन एवं हस्ताक्षर मार्फत भएको निर्वाचनमा मण्डलको पक्षमा ७४ मत परेको छ भने विपक्षमा २९ मत परेको छ । सदनमा १०३ सांसद उपस्थित थिए ।

मण्डल निर्वाचित भएको सभाका अध्यक्षता गरेका जेष्ठ सदस्य गोबिन्दबहादुर न्यौपानेले घोषणा गरेका हुुन् । मण्डल धनुषा निर्वाचन क्षेत्र नं-१ को २ बाट निर्वाचित भएका हुन्।

२०७९ माघ ३ १९:३४ बजे

प्रतिक्रिया