काठमाडौं । गएको साता लगातार दुई दिन ओरालो लागेको सेयर बजार परिसुचक नेप्से आज भने उकालो लागेको छ । आइतबार र सोमबार बन्द रहेको नेप्से आज भारी अंकले उकालाे लागेको छ । बजार आज ३२.७२ अंकले उकालो लागेको हो । बजार आज उकालो लागेसँगै २१८२ विन्दुमा पुगेको छ ।
आज बजार उकालो लागे पनि कारोबार रकममा भने गिरावट आएको छ । आज ३७२ करोड बराबरको कारोबार मात्रै भएको छ ।
आज सबैभन्दा धेरै कमाउनेमा ग्रीन भेन्चर लिमिटेड , आदर्श लद्युवित्त संस्थान लिमिटेड र पिपुल्स हाइड्रो पावर लिमिटेडको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ ।
आज सबै भन्दा धेरै गुमाउनेमा प्रभु सल्याट फन्ड , नविल समवृद्धी फन् र आरबीबी मिच्युअल फन्ड रहेका छन् ।
प्रतिक्रिया