मधेश प्रदेशमा आज हुने सभामुखको मतदान स्थगित

bimbonline बिम्ब अनलाइन
२०७९ माघ २ १०:२१ बजे
मधेश प्रदेश

काठमाडौं । आजका लागि डाकिएको मधेश प्रदेश सभाको बैठक र सभामुखको मतदान स्थगित भएको छ ।

पोखरामा भएको विमान दुर्घटनाका कारण सोमबार राष्ट्रिय रूपमा शोक बिदा घोषणा गरिएकोले मधेश प्रदेश सभाको बैठक पनि स्थगित भएको हो ।  प्रदेश सांसदहरुलाई मोबाइलमा एसएमएस पठाएर बैठक स्थगित गरिएको जानकारी दिइएको छ ।

आजको बैठकमा नवनियुक्त मुख्यमन्त्री सरोजकुमार यादवले विश्वासको मत लिने र सभामुखको मतदान हुने कार्यतालिका रहेको थियो ।

अब मंगलबार दिउँसो १ बजे बैठक बस्ने भएको छ । यसका साथै मंगलबार नै सभामुखको निर्वाचनसमेत हुने भएको छ । 

२०७९ माघ २ १०:२१ बजे

प्रतिक्रिया