विमान दुर्घटनामा परी ज्यान गुमाउनेप्रति मशालद्धारा श्रद्धाञ्जली अर्पण

bimbonline बिम्ब अनलाइन
२०७९ माघ २ ०८:३६ बजे
विमान दुर्घटना

नेकपा  मशालले पोखरामा भएको विमान दुर्घटनामा परी ज्यान गुमाउनेहरू प्रति श्रद्धाञ्जली व्यक्त गरेको छ । मशालले  माघ १ गते पोखराको  सेती खोचमा यती एयरल्याइन्सको ९एनएएनसी एटीआर जहाज  दुर्घटनामा परेको हो  । जहाजमा जम्मा ७२ जना सवार रहेका थिए । दुर्घटनामा परेर ६८ जनको ज्यान गएको छ । तिन जनाको जिवीतै उद्धार गरिएको छ । 

नेकपा मशालले विज्ञप्तिमा भनेको छ,  'आज विहान १०ः३० बजे काठमाडौंबाट पोखराको लागि उडेको यति एयरको ९एनएएनसी एटीआर विमान पोखरा महानगरपालिकाको सेती नीको खोंचमा करिब १०ः५१ बजे दुर्घटना भई ठूलो धनजनको क्षति भएको खबरले हाम्रो पार्टी अत्यन्तै मर्माहत भएको छ । चालक क्याप्टेन कमल केसीले हेनिडल गरेको उक्त जहाजमा चालक दलका ४ जना र ६८ जना यात्रु सहित ७२ जना सवार रहेको जानकारीमा आएको छ । यो अत्यन्तै दुःखद घटनामा परी ज्यान गुमाउनु हुने सम्पूर्ण व्यक्तिहरुप्रति हाम्रो पार्टी हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछ । दुःखद दुर्घटनामा परि ज्यान गुमाउने मृतकका परिवारजनप्रति हाम्रो पार्टी गहिरो समवेदना व्यक्त गर्दछ ।

उक्त जहाज दुर्घटनामा परी घाइते हुनु भएका व्यक्तिहरुको शीघ्र उद्धार गरी यथाशीघ्र उपचार गर्न र जीवन गुमाउनु भएका परिवारलाई तत्काल क्षतिपूर्तिको व्यवस्था गर्न जोडदार माग गर्दछ । जहाज के कति कारणले दुर्घटना भएको हो रु सो को तत्काल छानवीन गरी सत्यतथ्य यथाशीघ्र सार्वजनिक गर्न र पटकपटक हुने जहाज दुर्घटनाका घटनाहरुलाई रोकथाम गर्न तथा नागरिकहरुको जीउधनको रक्षा गर्न समेत जोड दिंदै पटकपटक हुने हवाई दुर्घटना र छानवीनको रिपोर्ट बाहिर ल्याउने रिपोर्टलाई कार्यान्वयन नगर्ने विगतदेखिको परम्पराको अन्त्य गर्नका लागि सम्बन्धित पक्षसंघ जोडदार माग गर्दछौं ।'

सरकारले आज विमान दुर्घटनामा परी ज्यान गुमाउनेहरू प्रति श्रद्धाञ्जली स्वरुप  सार्वजनिक बिदा दिएको छ ।  

२०७९ माघ २ ०८:३६ बजे

प्रतिक्रिया