मन्त्रिपरिषदको आकस्मिक बैठक सुरु

bimbonline बिम्ब अनलाइन
२०७९ माघ १ १३:४९ बजे
मन्त्रिपरिषद्

काठमाडौं ।  बालुवाटारमा मन्त्रिपरिषदको आकस्मिक बैठक सुरु भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा मन्त्रिपरिषदको आकस्मिक बैठक सुरु भएको हो ।

पोखरामा यती एयरलाइन्सको विमान दुर्घटना भएपछि सो विषयमा छलफल गर्न र आवश्यक उद्धार तथा राहतको विषयमा निर्णय गर्न मन्त्रिपरिषदको आकस्मिक बैठक बसेको हो । 

मन्त्रिपरिषदको बैठकअघि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले त्रिभुवन विमानस्थलस्थित कन्ट्रोल रुममा पुगेर घटनाकोबारे जानकारी लिएका थिए । 

२०७९ माघ १ १३:४९ बजे

प्रतिक्रिया