एमाले अध्यक्ष केपी शर्मा ओलीद्धारा पोखरा भएको विमान दुर्घटनाप्रति दु:ख प्रकट

bimbonline बिम्ब अनलाइन
२०७९ माघ १ १३:१० बजे
केपी शर्मा ओली

काठमाडौं । नेकपा एमाले अधध्यक्ष केपी शर्मा ओलीले आज पोखरा भएको विमान दुर्घटनाप्रति दु:ख प्रकट गरेका छन् । 

उनले समाजीक सञ्जाल फेसबुक मार्फत  काठमाडौंबाट ६८ जना यात्रु लिएर पोखरा उडेको यती एयरलाइन्सको एएनसी एटीआर जहाज आज बिहान पोखरामा त्रासदीपूर्ण दुर्घटनामा परेको खबरलले अत्यन्त दुःखी भएकाे बताएका छन् । 

उनले लेखेका छन् ,  काठमाडौंबाट ६८ जना यात्रु लिएर पोखरा उडेको यती एयरलाइन्सको एएनसी एटीआर ७२ जहाज आज बिहान पोखरामा त्रासदीपूर्ण दुर्घटनामा परेको खबरलले अत्यन्त दुःखी छु । दुर्घटनामा ज्यान गुमाउनुहुने सबैप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकाकुल परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दछु । दुर्घटनाको प्रभावकारी उद्दारका लागि सरकारसँग आग्रह गर्दछु ।

 विमान दुर्घटनामा पारी अहिले सम्म ३५ जनाको ज्यान गएको छ भने उद्धार कार्य जारी रहेको छ ।  

२०७९ माघ १ १३:१० बजे

प्रतिक्रिया