सुनको मूल्य आकाशियो, तोलाको एक लाख पाँच हजार

bimbonline बिम्ब अनलाइन
२०७९ माघ १ ११:२५ बजे
सुनको मूल्य

काठमाडौं ।  नेपाली बजारमा आज पहेलो धातु सुनको मुल्य भारी अंकले उकालो लागेको छ । आज नेपाली बजारमा सुनको मुल्य ११ सय रुपैयाँले उकालो लागेको हो । स्थानीय बजारमा आज सुनको मूल्य तोलामा एक लाख पाँच हजार रुपैयाँ कायम भएको छ ।

गत शुक्रबार एक लाख तीन हजार ९०० रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज एक हजार १०० रुपैयाँले वृद्धि भएको हो ।

गत वर्षको फागुन २५ गते एक लाख पाँच हजार ५०० रुपैयाँ पुगेको थियो । त्यस्तै आज चाँदीको मूल्य पनि बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार चाँदी प्रतितोला एक हजार ३९० रुपैयाँमा कारोबार भइरहेको छ । गत शुक्रबार चाँदी प्रतितोला एक हजार ३६५ रुपैयाँमा कारोबार भएको महासंघले जनाउको छ । 

२०७९ माघ १ ११:२५ बजे

प्रतिक्रिया