विश्वासको मत लिएको ३ दिन हुँदा पनि मन्त्रिपरिषद् विस्तार हुन सकेन

bimbonline बिम्ब अनलाइन
२०७९ पुष २९ ०८:३६ बजे
मन्त्रिपरिषद् विस्तार

काठमाडौं ।  प्रधानमन्त्री पुष्पकमल दाहालले  प्रचण्डले पुस २६ गते विश्वासको मत लिएका हुन् उनलाई ९९ प्रतिशत सांसदहरुले विश्वासको मत दिएका हुन् । विश्वासको कत लिएलगत्तै मन्त्रिपरिषद् विस्तारमा रहेका माओवादी अध्यक्ष एवं प्रधानमन्त्री दाहालले अझै मन्त्रीहरूको टुङ्गो लगाउन सकेका छैनन् । दाहाल र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच लगातार बुधबार र बिहीबार छलफल भए पनि मन्त्रालय भागबन्डा हुन सकेको छैन् । 

चैत १० मा प्रधानमन्त्री नियुक्त भएका दाहालले भोलिपल्ट शपथका दिन आठ सदस्यीय मन्त्रिपरिषद् गठन गरेका थिए । तीन उपप्रधानमन्त्रीको जिम्मेवारी त्यति बेलै तोकिएकामा चार मन्त्री अझै बिनाविभागीय छन् । मन्त्रालय संख्या भन्दा धेरै र महत्त्वपूर्ण मानिएकामा बढी दाबी हुनाले पनि बाँडफाँड टुंग्याउन शीर्ष नेतालाई सकस परेको देखिन्छ । नेताहरूले मन्त्रालय मात्रै नभई एकमुष्ठ रूपमा शक्ति बाँडफाँड गर्नुपर्ने बताइरहेका छन् ।

बालकोटमा बुधबार करिब २ घण्टा एक्लाएक्लै वार्ता गरेका दाहाल र ओलीले बिहीबार पनि प्रधानमन्त्री निवास बालुवाटारमा छलफल गरेका थिए ।

कांग्रेसले विश्वासको मत दिएपछि झस्किएको एमालेले मन्त्रिपरिषद् विस्तारमा थप अडान लिइरहेको स्रोतले जनाएको छ । गृह र अर्थजस्ता महत्त्वपूर्ण मन्त्रालय पहिला नै साझेदार दलले लगेको भन्दै प्रधानमन्त्री दाहालले अब धेरै लचिलो हुन नसक्ने जनाउ दिएका छन् । सत्ता साझेदार दलहरूले शुक्रबार पनि मन्त्रालय बाँडफाँडबारे गृहकार्य गर्ने भएका छन् ।

एमाले ८–९, माओवादीले ५–६,राष्ट्रिय स्वतन्त्र पार्टीले ३, राप्रपाले एक उपप्रधानसहित ३ र जसपाले एक उपप्रधानमन्त्रीसहित ३ मन्त्रालयमा दाबी गरेका छन् । दुई स्वतन्त्र संसद् अमरेश सिंह र प्रभु साहले पनि मन्त्रीमा आकांक्षा देखाएका छन् ।

२०७९ पुष २९ ०८:३६ बजे

प्रतिक्रिया