'कति रहन्छु थाहा छैन, तर सफा हात बोकेर छिरेको छु र सफा हात लिएर निस्किन्छु '

bimbonline बिम्ब अनलाइन
२०७९ पुष २८ १३:०४ बजे
रवि लामिछाने

काठमाडौं ।  उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले अपराध छानबिनमा प्रभाव पार्न खोज्नेहरुलाई समेत कारबाही  गरीने बतएका छन् ।  ।

बिहीबार चितवन पुगेका लामिछानेले भने, ‘कुनै पनि दलले अवराध अनुसन्धानमा बाधा पुर्‍याउने, मेरो मान्छे छोडिदेउ भनेके सुन्न पर्दैन,’ ‘बरु त्यस्तो भनेको प्रमाण ल्याउनु भयो भने भन्ने मान्छेलाई पनि कानुनी दायरामा ल्याउन सकिन्छ ।’

चुनावका बेला आफूले गरेको कुनै पनि बाचा नबिर्सिएको भन्दै उपप्रधान तथा गृहमन्त्री लामिछानेले भने, ‘राम्रो कति गर्न सक्छु थाहा छैन, तर नराम्रो एउटा पनि गर्दिन । कति दिन, महिना वर्ष रहन्छु थाहा छैन । तर सफा हात बोकेर छिरेको छु, सफा हात लिएर निस्किन्छु ।’

लामिछानेले आफ्नो दलका कोही कसैले प्रभाव पार्न खोजे निर्मम भएर काम गर्न प्रहरी प्रशासनलाई निर्देशन दिएको बताए ।

२०७९ पुष २८ १३:०४ बजे

प्रतिक्रिया