सुनको मुल्य आज सामान्य रुपैयाँले बढ्यो

bimbonline बिम्ब अनलाइन
२०७९ पुष २८ १२:११ बजे
सुनको मुल्य

काठमाडौं । बिहीबार नेपाली बजारमा सुनको भाउ सामान्य रुपैयाँले उकालो  लागेको छ ।  नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा २०० रुपैयाँले उकालो लागेको । योसँगै प्रतितोला फाइन गोल्ड १ लाख ३ हजार ४०० रुपैयाँ र तेजाबी गोल्ड १ लाख २ हजार ९०० रुपैयाँ कायम भएको छ। 

हिजो बुधबार सुनको भाउ तोलामा ३०० रुपैयाँले ओरालो लागेको छ । यो दिन प्रतितोला फाइन गोल्ड १ लाख ३ हजार २०० रुपैयाँ र तेजाबी गोल्ड १ लाख २ हजार ७०० रुपैयाँमा किनबेच भएको थियो।

आज चाँदी भाउ तोलामा ५ रुपैयाँले घटेर १ हजार ३६० रुपैयाँ कायम भएको छ। हिजो भाउ स्थिर रहँदै चाँदी १ हजार ३६५ रुपैयाँमा कारोबार भएको थियो।

२०७९ पुष २८ १२:११ बजे

प्रतिक्रिया