मन्त्रालयको भागबन्डामा टुङ्गो लगाउन सत्ता साझेदार दलहरूको बैठक बस्दै

bimbonline बिम्ब अनलाइन
२०७९ पुष २८ ०९:१३ बजे
सत्ता साझेदार दलहरू

काठमाडौं । सत्ता साझेदार दलहरू बिच मन्त्रालयको भागबन्डा  मिलाउनको लागि साझेदार दलहरूको बैठक आज बस्ने भएको छ । बैठक बिहान ११ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सिंहदरबारमा बस्न लागेको  प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डका प्रेस संयोजक सूर्यकिरण शर्माले बताएका छन् । 

आजको बैठकमा मन्त्रालय भागबन्डाको विषयमा छलफल हुने बताइएको छ । प्रधानमन्त्री प्रचण्डले विश्वासको मत प्राप्त गरेपछि मन्त्रिपरिषद् विस्तार गर्ने तयारी गरेका हुन् । अहिले सत्ता साझेदारमा भने सात दल छन् । प्रधानमन्त्री प्रचण्डले तिनै ७ दलबाटै मन्त्रिपरिषद् विस्तार गर्ने तयारी गरेका छन् । 

सत्ता साझेदारको बैठक बस्नुअघि प्रधानमन्त्री प्रचण्डले बुधबार बेलुकी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग छलफल गरेका थिए । १० पुसमा प्रधानमन्त्रीमा नियुक्त भएका प्रचण्डको अहिले आठ सदस्यीय मन्त्रिमण्डल छ ।

उनले माओवादी केन्द्रका नारायणकाजी श्रेष्ठ, एमालेका विष्णु पौडेल र राष्ट्रिय स्वतन्त्र  पार्टीका रवि लामिछानेलाई उपप्रधानमन्त्री बनाएका छन् ।  

एमालेका ज्वालाकुमारी साह, दामोदर भण्डारी, राजेन्द्र राई र जनमत पार्टीका अब्दुल खानले भने मन्त्रालयको जिम्मेवारी पाउन बाँकी रहेको छ । उनीहरूले प्रधानमन्त्री प्रचण्डसँगै ११ पुसमै पद तथा गोपनीयताको शपथ लिएका थिए ।

२०७९ पुष २८ ०९:१३ बजे

प्रतिक्रिया