रोल्पामा बिजुलीको तार तान्ने क्रममा भिरबाट लडेर एक जनाको मृत्यु

bimbonline बिम्ब अनलाइन
२०७९ पुष २७ १३:३३ बजे
मृत्यु

काठमाडौं । रोल्पामा भीरबाट लडेर एकजनाको मृत्यु भएको छ । मंगलबार बिजुलीको तार तान्ने क्रममा भीरबाट लडेर एकजनाको मृत्यु भएको  हो । 

सुनछहरी गाउँपालिका–५ कालिहाङमा बिजुलीको तार तान्ने क्रममा भीरबाट खसेर र पोवाङका ४२ वर्षका हिकलाल पुनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

उनको शव पोस्टमार्टमका लागि जिल्ला अस्पताल रोल्पामा राखिएको छ । घटनाको बारेमा अनुसन्धान भइरहेको छ । 

२०७९ पुष २७ १३:३३ बजे

प्रतिक्रिया