मधेश प्रदेशको मुख्यमन्त्रीमा जसपाका सरोजकुमार यादवको दाबी पेस

bimbonline बिम्ब अनलाइन
२०७९ पुष २७ १२:४२ बजे
मधेश प्रदेश

काठमाडौं । मधेश प्रदेशको मुख्यमन्त्रीका लागि जनता समाजवादी पार्टी (जसपा)का संसदीय दलका नेता सरोज यादवले दाबी पेस गरेका छन् ।यादवले ६३ सांसदको समर्थनसहित प्रदेश प्रमुख हरिशंकर मिश्रसमक्ष दाबी पेस गरेका हुन् ।१०७ जना प्रदेशसभा सदस्य रहेको मधेश प्रदेशमा बहुमतका लागि ५४ जना सदस्यहरुको समर्थन चाहिन्छ । 

निवर्तमान सभामुखसमेत रहेका यादवलाई आफ्नो दल जसपाको १६, नेकपा एमालेका २३, जनमत पार्टीका १३, नेकपा माओवादी केन्द्रका ९, राष्ट्रिय प्रजातन्त्र पार्टी र नेपाल संघीय समाजवादी पार्टीका एकरएक तथा स्वतन्त्र प्रदेश सभा सदस्यहरूसहित ६३ प्रदेश सांसदको समर्थन रहेको छ । 

मधेश प्रदेशमा प्रदेश प्रमुख हरिशंकर मिश्रले पुस २८ गते अपराह्न चार बजेसम्मको लागि मुख्यमन्त्रीमा दाबी पेस गर्ने समय तोकेका थिए ।

२०७९ पुष २७ १२:४२ बजे

प्रतिक्रिया