नेपाल टी–२० लिग फाइनलः लुम्बिनी ब्याटिङ गर्दै

bimbonline बिम्ब अनलाइन
२०७९ पुष २७ १२:२२ बजे
नेपाल टी–२० लिग फाइनलः

काठमाडौं । नेपाल टी–२० लिगको फाइनल खेलमा लुम्बिनी अल स्टार्सले टस जितेर ब्याटिङ रोजेको छ । लुम्बिनीका लागि कप्तान दिपेन्द्रसिंह ऐरीले विराटनगर सुपर किंग्सविरुद्ध टस जितेर ब्याटिङ रोजेका हुन् । 

दुवै टिममा चार–चार जना विदेशी खेलाडी रहेका छन् । दुवै टिमले निर्णायक खेलमा जनकपुर रोयल्सलाई हराएर फाइनल यात्रा तय गरेका हुन् ।

लुम्बिनी अल स्टार्सको टिममा दीपेन्द्रसिंह ऐरी, अनिल शाह, कुशल भुर्तेल, गुल्सन कुमार झा, सागर ढकाल, किशोर महतो, इशान पाण्डे, लाहिरु मिलन्था, स्याड्ली भान स्काल्विक, विपुल शर्मा र हर्मित सिंह रहेका छन् । 

विराटनगर सुपर किंग्स टिममा रोहितकुमार पौडेल, अर्जुन साउद, नन्दन यादव, सूर्य तामाङ, अमरसिंह रौटेला, पृथु बास्कोटा, विवेककुमार यादव, मोहम्मद हुसेन तलात, गौरान्शु शर्मा, राज ननन् र कियोन जोसेप रहेका छन् । 

२०७९ पुष २७ १२:२२ बजे

प्रतिक्रिया