आज सुनको मूल्य तोलामा ३०० रुपैयाँ घट्यो

bimbonline बिम्ब अनलाइन
२०७९ पुष २७ ११:१५ बजे
सुनको मूल्य

काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य ओरालो लागेको छ ।  नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा ३०० रुपैयाँले ओरालो लागेको हो ।  

महासंघका अनुसार आज छापावाल सुन तोलामा १ लाख ३ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ । मंगलबार १ लाख ३ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो । तेजाबी सुन आज तोलामा १ लाख २ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ ।

महासंघका अनुसार आज चाँदीको मूल्य भने स्थिर रहेको छ । आज चाँदी तोलामा १ हजार ३६५ रुपैयाँमा कारोबार भइरहेको  छ । 

२०७९ पुष २७ ११:१५ बजे

प्रतिक्रिया