किन काँग्रेस आफ्ना सांसदहरुलाई काठमाडौं नछाड्न ह्विप जारी गर्यो ?

bimbonline बिम्ब अनलाइन
२०७९ पुष २७ १०:४८ बजे
काँग्रेस

काठमाडौं । नेपाली काँग्रेसले माघ ९ गतेसम्म काठमाडौं बाहिर नजान आफ्ना सांसदहरुलाई ह्विप जारी गरेको छ ।

कांग्रेसका सांसदहरुले यदी काठमाडौं उपत्यका बाहिर जानै परे संसदीय दललाई जानकारी दिनुपर्ने छ । नेपाली काँग्रेसले मंगलबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिएको थियो । जबकी एमालेसहितको ७ दलले प्रधानमन्त्री प्रचण्डलाई समर्थन गरेका थिए ।

अब सभामुखको निर्वाचन हुने छ । जसका लागि माघ ३ गते सूचना टाँस गरी तोक्न प्रतिनिधिसभाका ज्येष्ठ सदस्य पशुपतिशमशेर जबराले संसद सचिवालयलाई निर्देशन दिएका छन् । त्यस्तै माघ ५ गतेका लागि प्रतिनिधिसभा बैठक बोलाइएको छ। सोही दिन सभामुखको निर्वाचन हुने छ।

मुलुकको पछिल्लो राजनीतिक अवस्थालाई मध्यनजर गर्दै काँग्रेसले आफ्ना सांसदहरुलाई उक्त ह्विप जारी गरेको हो ।

२०७९ पुष २७ १०:४८ बजे

प्रतिक्रिया