नेपाल टी-२० लिगको उपाधिका लागि लुम्बिनी र विराटनगर मध्याह्न १२ बजेदेखि कीर्तिपुरको त्रिवि क्रिकेट मैदान भिड्दै

bimbonline बिम्ब अनलाइन
२०७९ पुष २७ १०:४१ बजे
नेपाल टी-२० लिगको उपाधि

काठमाडौं । नेपाल टी-२० लिगको उपाधिका लागि आज लुम्बिनी अलस्टार्स र विराटनगर सुपर किङ्स खेल्ने भएका छन् । 

पहिलो क्वालिफायर्समा जनकपुरलाई पराजित गर्दै लुम्बिनी अलस्टार्स फाइनल पुगेको हो ।विराटनगर भने यस लिगमा सबैभन्दा धेरै खेल खेल्दै फाइनल पुगेको हो ।

एलिमिनेटरमा काठमाडौंलाई पराजित गरेर दोस्रो क्वालिफायर्स पुगेको विराटनगरले क्वालिफायर्समा जनकपुरलाई ३९ रनले हराएको हो । फाइनल खेल आज मध्याह्न १२ बजेदेखि कीर्तिपुरको त्रिवि क्रिकेट मैदानमा सुरु हुनेछ ।

२०७९ पुष २७ १०:४१ बजे

प्रतिक्रिया