रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी सिआइद्धारा सञ्चालित राजनीतिक संगठन हो ; मोहनविक्रम सि‌ह

bimbonline बिम्ब अनलाइन
२०७९ पुष २६ १२:२७ बजे
मोहनविक्रम सि‌ह

काठमाडौं । नेकपा (मसाल) का महामन्त्री मोहनविक्रम सि‌हले  राष्ट्रिय स्वतन्त्रपार्टी (रास्वपा) अमेरिकाको जासुसी सँस्था सिआइबाट सञ्चालित राजनीतिक संगठन भएको आरोप लगाएका छन् ।  नेकपा(मसाल) का महामन्त्री मोहनविक्रम सि‌हले २०७९।९।२५ गते एक वक्तव्य  जारी गर्दै यस्तो बताएका हुन् ।

वक्तव्यमा  प्रचण्डको नेतृत्वमा बनेको गठबन्धन सरकारलाई विश्वासको मत नदिने हाम्रो नीति भएको कुरा हामीले जानकारी गराउन चाहन्छौँ । कथित स्वतन्त्र पार्टीका नेता रवि लामिछानेको नागरिकताबारे सर्वोच्च अदालतमा भइरहेको छलफलप्रति हाम्रो पार्टीको गम्भीर ध्यानाकर्षण भएको छ । यो कुरा दिनको उज्यालो झैँ छर्लङ्ग छ कि  उनी नेपालका नागरिक होइनन् ।वक्तव्यमा अगाडि भनिएको छ-उनले अमेरिकाको नागरिकता ग्रहण गरेपछि उनको नेपालको नागरिकता स्वतः खारेज भएको थियो । त्यो अवस्थामा निर्वाचनमा उनलाई उम्मेदवार बनाउनु नै गलत थियो र उनलाई उम्मेदवार बनाउनु नेपालको संविधान र कानुनको गम्भीर उलङ्घन थियो । निर्वाचन आयोगको त्यस प्रकारको अवैध कार्यबारे पनि गम्भीर छानविन र कारवाहीको आवश्यकता छ ।

रवि लामिछानेको सन्दर्भमा सर्वोच्च अदालतले गलत फैसला गर्यो भने त्यसबाट चोलेन्द्र समशेरलाई न्यायाधीशमा नियुक्त गरेको भन्दा देशलाई कैयौँ गुना बढी क्षति पुग्ने छ । मोहनविक्रम सि‌हले थप उल्लेख गर्दै भनेका छन कि काठमाडाै‌ जिल्ला प्रशासन कार्यालयले सर्वोच्च अदालतमा पठाएको पत्र नागरिकता सम्बन्धी सामान्य कानुनको विपरित त छनै, त्यसका साथै त्यो पत्रबाट जिल्ला प्रशासन कार्यालय गृहमन्त्रीबाट प्रभावित भएको कुरा पनि प्रष्ट हुन्छ ।

रवि लामिछानेको नागरिकता सम्बन्धी जिम्मा पाएको प्रहरी प्रशासन पनि गृहमन्त्रीको मातहतमा नै भएको हुनाले उनीहरूले पनि गृहमन्त्रीसित सम्बन्धित मुद्दामा निष्पक्ष तरिकाले छानविन गर्न नसक्ने कुरा निश्चित छ ।यो कानुनका मान्य सिद्धान्त विपरित हो। सर्वोच्च अदालतले कानुन अनुसार निर्णय गरेर उनको अवैध नागरिकतालाई खारेज गर्ने छ वा उनलाई सफाइ दिने छ ? त्यो कुरा पछि थाहा हुने छ । तर त्यो कुरा जे भएपनि मुख्य प्रश्न यो हो कि रवि लामिछाने र उनको कथित स्वतन्त्र पार्टी सिआइद्धारा सञ्चालित राजनीतिक संगठन हो । त्यो देशमा आम रूपमा थाहा भएको कुरा हो । त्यसकारण देशको बृहत्तर राष्ट्रिय हित र राष्ट्रियता समेतको हितमा त्यो पार्टीका विरुद्ध सम्झौता हीन प्रकारले सङ्घर्ष गर्नु आजको राजनीतिक आवश्यकता हो भनी आफ्नो वक्तव्यमा जनाएका छन ।

२०७९ पुष २६ १२:२७ बजे

प्रतिक्रिया