प्रचण्डलाई लोसपाले पनि विश्वासको मत दिने

bimbonline बिम्ब अनलाइन
२०७९ पुष २६ ११:४४ बजे
विश्वासको मत

काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा(ले पनि प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'लाई विश्वासको मत दिने भएको छ ।

प्रतिनिधिसभामा आज  हुने मत विभाजनमा विश्वासको मतका पक्षमा मत जाहेर गर्ने निर्णय भएको लोसपा सांसद शरतसिंह भण्डारीले बताएका छन् ।  उनले सरकारमा सहभागी हुने कि नहुने भन्ने विषयमा पनि पछि निर्णय हुने बताइएको छ । 

लोसपाले विश्वासको मतबारे निर्णय लिने अधिकारी अध्यक्ष महन्थ ठाकुरलाई दिएको थियो । ठाकुरले विश्वासको मत दिने निर्णय लिएका हुन् ।

२०७९ पुष २६ ११:४४ बजे

प्रतिक्रिया