प्रदेश १ का मुख्यमन्त्री कार्कीले आज शपथ लिर्दै

bimbonline बिम्ब अनलाइन
२०७९ पुष २५ ०८:५४ बजे
प्रदेश १

काठमाडौं । प्रदेश १ का मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आज पद तथा गोपनियताको शपथ ग्रहण गर्ने भएका छन् । आज दिउँसोका उनले शपथ लिन लागेका प्रदेश प्रमुखको कार्यालयले जनाएको छ ।

६० जना सांसदको समर्थनसहित आइतबार मुख्यमन्त्रीमा दाबी पेश गरेका कार्कीलाई प्रदेश प्रमुख पर्शुराम खापुङले सोही दिन मुख्यमन्त्री नियुक्त गरेका  हुन् । उनलाई नेकपा एमालेका ४०, माओवादी केन्द्रका १३, राप्रपाका ६ र जसपाका एक गरी ६० जना सांसदले कार्कीलाई समर्थन  रहेको छ । 

 मुख्यमन्त्री कार्कीले आजै सानो आकारको मन्त्रीमण्डल पनि गठन गर्ने छन् । एमाले, राप्रपा र माओवादी केन्द्रबाट १–१ जना मन्त्री नियुक्त गर्ने सम्भावना छ ।

२०७९ पुष २५ ०८:५४ बजे

प्रतिक्रिया