पाल्पामा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु

bimbonline बिम्ब अनलाइन
२०७९ पुष २५ ०८:३५ बजे
मृत्यु

पाल्पा । पाल्पामा ट्याक्टर दुर्घटनामा एक जनाको  ज्यान गएको छ । ट्याक्टर दुर्घटना हुँदा अन्य ट्याक्टरमा सवार चार जना घाइते भएका छन् । 

रम्भा गाउँपालिका वडा नं. १ हुँगीका १७ वर्षीय विशाल थापा को दुर्घटनामा परेर मृत्यु भएको प्रहरीले जनाएको छ ।  आइतबार राति कालीगण्डकी कोरिडोर अन्तरगत पिपलडाँडाबाट हुँगीतर्फ जादै गरेको लु४त ७९१६ नम्बरको ट्याक्टर दुर्घटना भएको हो।

ट्याक्टर आफैं अनियन्त्रित भई सडकबाट १५ मिटर तल खसेपछि घाइते भएका थापाको तानसेनस्थित लुम्बिनी मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको हो । स्थानीय र जिल्ला प्रहरी कार्यालय र राम्दी प्रहरी चौकीको सहयोगमा घाइतेको उद्दार गरिएको थियो ।

रम्भा गाउँपालिका २ हुँगीका १८ वर्षीय विवेक थापा, सोही स्थानका १८ वर्षीय पूर्ण बहादुर बोटे रामपुर नगरपालिका वडा नं. १ का २४ वर्षीय दिलबहादुर घर्ती,  सोही स्थानका १६ वर्षीय युवराज घर्ती घाइते रहेको रहेका छन् । घाइतेहरुको स्वास्थ्य अवस्था सामान्य रहेको छ ।  

२०७९ पुष २५ ०८:३५ बजे

प्रतिक्रिया