दाङमा करेन्ट लागेर एक युवकको मृत्यु

दाङमा करेन्ट लागेर एक युवकको मृत्यु

bimbonline बिम्ब अनलाइन
२०७९ साउन २३ १४:११ बजे
मृत्यु

 काठमाडौं ।  दाङमा करेन्ट लागेर एक युवकको  मृत्यु  भएको छ ।  रखाको आरुघाट घर भई हाल दाङमा मिस्त्री काम गर्दै आएका २७ वर्षीय कृष्णबहादुर विकको  करेन्ट लागेर  मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । 

दङ्गीशरणको गाउँपालिकाको बगरमा बन्दै गरेको प्राथमिक स्वास्थ्य केन्द्रमा इलेक्ट्रिक मार्बल चिल्लो बनाउने क्रममा उनलाई करेन्ट लागेको प्रहरी जनाएको छ ।  करेन्ट लागेर घाइते भएका विकको राप्ती प्रादेशिक अस्पताल  उपचारको क्रममा मृत्यु भएको हो ।  प्रहरीका  अनुसार घटनाबारे थप  अनुसन्धान  भइरहेको छ ।  


२०७९ साउन २३ १४:११ बजे

प्रतिक्रिया