एमाले नेता राजेन्द्रसिंह रावल सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्री बन्दै

bimbonline बिम्ब अनलाइन
२०७९ पुष २५ ०८:०१ बजे
राजेन्द्रसिंह रावल

धनगढी । सत्ता साझेदार दलहरुबीच सुदूरपश्चिमको मुख्यमन्त्रीमा आलोपालो गर्ने सहमति भएको छ । 

सहमति अनुसार सुदूरपश्चिममा एमाले र माओवादीबीच आलापालो हुनेछ । यो सहमतिअनुसार सुदूरपश्चिममा पहिलो पटक एमालेले नेतृत्व गर्नेछ भने माओवादीले सभामुख लिने छ । 

मुख्यमन्त्री दाबी गरेको नागरिक उन्मुक्ति पार्टीलाई भने उपसभामुख लिन प्रस्ताव गरिएको थियो ।

सहमति अनुसार सुदूरपश्चिमको पहिलो मुख्यमन्त्रीमा नेकपा (एमाले)का संसदीय दलको नेता राजेन्द्रसिंह रावल हुने निश्चित भएका छन् ।

२०७९ पुष २५ ०८:०१ बजे

प्रतिक्रिया