अन्य दलहरुलाई पनि प्रचण्डलाई विश्वासको मत दिन रास्वपाको आग्रह

bimbonline बिम्ब अनलाइन
२०७९ पुष २४ १९:२४ बजे
रास्वपा

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिनका लागि अन्य दललाई आग्रह गरेको छ ।

पार्टीको आज आइतबार बसेको संसदीय दलको बैठकमा आफू पनि सरकारमा भएका कारण यो सरकारलाई विश्वासको मत दिन अन्य दललाई आग्रह गर्ने निर्णय गरेको हो । 

प्रधानमन्त्री प्रचण्डले २६ पुसमा विश्वासको मत लिँदै छन् । आज बसेको बैठकमा पार्टीका सभापति रवि लामिछानेले न्युनतम साझा कार्यक्रममा बारेमा जानकारी दिएका थिए ।

आफूहरुले चुनावमा राखेको प्रतिवद्धता पत्रका कुराहरु न्युनतम साझा कार्यक्रममा समावेश भएको निष्कर्ष निकाल्दै बैठकले अब यसको कार्यान्वयमा ध्यान दिने उनले बताए ।

२०७९ पुष २४ १९:२४ बजे

प्रतिक्रिया