कांग्रेस शीर्ष नेताहरुको बैठकको निष्कर्ष : स्वभाविक देखिने गरी सिटको बाँडफाँड गरिनुपर्ने

कांग्रेस शीर्ष नेताहरुको बैठक निष्कर्ष : स्वभाविक देखिने गरी सिटको बाँडफाँड गरिनुपर्ने

bimbonline बिम्ब अनलाइन
२०७९ साउन २३ १४:०२ बजे
कांग्रेस

काठमाडौं ।  नेपाली कांग्रेसका शीर्ष नेताको बैठकमा  सन्तुलित  ढङ्गले सिटको बाँडफाँड मिलाउनको  लागि आवाज उठेको छ ।  सोमबार बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको शीर्ष नेताको बैठकमा गठबन्धनमा तालमेल गर्दा स्वाभाविक ढङ्गले सिट बाँडफाँड  हुनुपर्ने कुरा  अघि सरेका छन् । 

माओवादी केन्द्र एकीकृत समाजवादी, जसपा र जनमोर्चाले अस्वाभाविक माग राख्दा मत ट्रान्सफर गराउन गाह्रो हुने काँग्रेस का नेताहरको  भनाई रहेको छ । बैठकमा भएको छलफलबारे ती नेताले भने, ‘जहाँ स्वाभाविक छ । त्यो ठाउँमा मत ट्रान्सफर गराउन पनि सजिलो हुन्छ ।’ सहमहामन्त्री किशोर राठौर, उमाकान्त चौधरी, महेन्द्र यादव लगायतले दुई वटा कुरामा ध्यान दिनुपर्ने  बताएका छन् ।  

गठबन्धन जोगाउनु पनि पर्नेछ र  साथै सिटको तालमेल गर्दा स्वाभाविक खालको बनाउनुपर्ने  कांग्रेसका नेताहरूको भनाई रहेको छ । त्यसो गर्दा तलको  नेताहरूले पनि स्वीकार गर्ने उनीहरूको भनाई  रहेको छ ।

यस्तै बैठकमा नेता विमलेन्द्र निधिले लोकतान्त्रिक समाजवादी पार्टी  ९लोसपा० लाई गठबन्धनमा सामेल गराउँदा राम्रो हुने बताएका थिए । आज गठबन्धन सम्बद्ध बाँकी दलको कुरा सुनेर फेरि बस्ने गरी बैठक सकिएको छ ।

२०७९ साउन २३ १४:०२ बजे

प्रतिक्रिया