प्रदेश १ को मुख्यमन्त्रीमा एमाले नेता हिक्मतकुमार कार्की नियुक्त

bimbonline बिम्ब अनलाइन
२०७९ पुष २४ १९:१३ बजे
हिक्मतकुमार कार्की

काठमाडौं । प्रदेश १ को मुख्यमन्त्रीमा नेकपा एमालेका नेता हिक्मतकुमार कार्की नियुक्त  हुनुभएको छ । उहाँलाई प्रदेश प्रमुख परशुराम खापुङले संविधानको धारा १६८ (२) अनुसार मुख्यमन्त्रीमा नियुक्त गर्नुभएको हो । 

झापा क्षेत्र नम्बर ५(१) बाट प्रदेशसभा सदस्यमा दोस्रो पटक निर्वाचित कार्कीलाई मुख्यमन्त्री बनाउन नेकपा माओवादी केन्द्र, राप्रपा र जनता समाजवादी पार्टीका गरी ६० सांसदले समर्थन रहेको छ । 

२०७९ पुष २४ १९:१३ बजे

प्रतिक्रिया