प्रचण्ड ,माधव नेपाल र उपेन्द्र यादव बिचकाे छलफल सकारात्मक

विश्वासको मत दिनेमा कुनै शंका छैन : उपेन्द्र यादव

bimbonline बिम्ब अनलाइन
२०७९ पुष २४ १२:३९ बजे
प्रचण्ड ,माधव नेपाल र उपेन्द्र यादव

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले एकीकृत समाजवादी र जनता समाजवादी पार्टी (जसपा)का अध्यक्षसँग विशवासको मत दिने कुरामा छलफल गरेका छन् । प्रधामन्त्री प्रचण्डले नेपाल र यादवसँगको कुराकानिमा उनिहरु सकरात्मक रहेको बताएका छन् ।

आज बिहान माओवादी केन्द्रको संसदीय दलको कार्यालयमा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल र जसपा अध्यक्ष उपेन्द्र यादवसँगको छलफलपछि प्रचण्डले यस्तो बताएका हुन् ।

छलफलमा प्रचण्डले आफूलाई संसदमा विश्वासको मत दिन आग्रह गरेका थिए । सो आग्रहमा दुवै नेताले सकारात्मक प्रतिक्रिया दिएको प्रचण्डको भनाइ रहेको छ ।  उनले भने, ‘उहाँहरु सकारात्मक हुनुहुन्छ ।’ 

छलफल पछि जसपा अध्यक्ष उपेन्द्र यादवले प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिने बताए । उनले भने, ‘विश्वासको मत दिनेमा कुनै शंका छैन ।’प्रचण्डले २६ गते संसदमा विश्वासको मत लिंदैछन् ।

२०७९ पुष २४ १२:३९ बजे

प्रतिक्रिया