सुनको मुल्य एक हजार रुपैयाँले बढ्यो

bimbonline बिम्ब अनलाइन
२०७९ पुष २४ ११:५६ बजे
सुनको मुल्य

काठमाडौं । नेपाली बजारमा आज सुनको मुल्य उकालो लागेको छ । शुक्रबार तोलामा ८ सय रुपैयाँले घटेको मुल्य आज फेरि एक हजार रुपैयाँले बढेको हो । नेपाल सुन चाँदी व्यवसायी महासङ्घले आज सुनको भाउ तोलामा १ लाख ३ हजार ३ सय रुपैयाँ  तोकिएको जनाएको छ ।  

अन्तर्राष्ट्रिय बजारमा नै भाउ बढेकाले नेपाली बजारमा पनि महँगो भएको महासङ्घले जनाएको छ । यस्तै, आज चाँदीको भाउ पनि बढेको छ । तोलामा चाँदी आज १५ रुपैयाँले बढेर १ हजार ३ सय ८० रुपैयाँमा कारोबार भइरहेको छ ।

२०७९ पुष २४ ११:५६ बजे

प्रतिक्रिया