काठमाडौं । सतारुढ प्रमुख दल नेपाली काँग्रेसले स्थानीय तहमा निर्वाचित पालिका प्रमुख र उपप्रमुखलाई अभिमुखीकरण तथा प्रशिक्षण गराउने भएको छ । सोमबार बिहान बालुवाटारमा बसेको काँग्रेस शीर्ष नेताको बैठकले साउन ३० र ३१ गते प्रशिक्षण कार्यक्रम गर्ने निर्णय गरेको महामन्त्री गगन थापाले जनाएको छन् ।
नेपाली कांग्रेसले आफ्नो पार्टीबाट जितेका प्रमुख र उप प्रमुखलाई काठमाडौं बोलाएर प्रशिक्षण दिन लागेका हो । सम्मपन्न स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेसले ३२९ प्रमुख र ३ सय उपप्रमुख जितेको छ ।
प्रतिक्रिया