नेपाल टी–२० क्रिकेट लिगको पहिलो क्वालिफायर आजबाट

लुम्बिनी र जनकपुर खेल्दै

bimbonline बिम्ब अनलाइन
२०७९ पुष २४ १०:१७ बजे
नेपाल टी–२० क्रिकेट लिग

काठमाडौं ।  नेपाल टी–२० क्रिकेट लिग अन्र्तगत आजदेखि प्लेअफको खेल सुरु  हुने भएका छन् । प्लेअफको पहिलो दिन आज पहिलो क्वालिफायरमा लुम्बिनी अल स्टार र जनकपुर रोयल्स  खेल्न लागेका हुन् । 

खेल कीर्तिपुर मैदानमा दिउँसो साढे १२ बजेदेखि सुरु हुन लागेको हो । लुम्बिनी अंकतालिकाको शीर्ष र जनकपुर दोस्रो स्थानमा रहेको छ । 

लुम्बिनीको १० खेलमा १६ अंक र समान खेलमा जनकपुरको १४ अंक जोडेको छ । आजको विजेता टोली फाइनलमा पुग्नेछ । पराजित हुने टोलीले भोलि हुने इलिमेटर खेलको विजेतासँग फाइनलमा खेल्ने छ । 

२०७९ पुष २४ १०:१७ बजे

प्रतिक्रिया