सरकारले विश्वासको मत प्राप्त गरेसँगै मन्त्रिपरिषद्ले पूर्णता पाउने

bimbonline बिम्ब अनलाइन
२०७९ पुष २२ १३:२३ बजे
अर्थमन्त्री पौडेल

काठमाडौं ।  सरकारले संसदमा विश्वासको मत प्राप्त गरेसँगै मन्त्रिपरिषद्ले पूर्णता पाउने भएको छ । उपप्रधान एवम् अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सरकारले संसदमा विश्वासको मत प्राप्त गरेसँगै मन्त्रिपरिषद्ले पूर्णता पाउने बताए। 

मन्त्रिपरिषद्ले गरेका निर्णय आज शुक्रवार सार्वजनिक गर्दै अर्थमन्त्री पौडेलले सरकारले संसदमा विश्वासको मत प्राप्त गरेसँगै मन्त्रिपरिषद्ले पूर्णता पाउने बताए । उनले वर्तमान सरकार महत्त्वपूर्ण राष्ट्रिय अभिभारा पूरा गर्न केन्द्रित भइरहेको  बताएका छन् । 

सरकारलाई पूर्णता दिने विषयमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड तयारी रहेका, पुस २६ गते सरकारले संसदमा विश्वासको मत लिने कार्यक्रम  रहेको र  विश्वासको मत लिएसँगै मन्त्रिपरिषद्ले पूर्णता पाउने पौडेलले  बताएका छन् ।

अर्थमन्त्री पौडेलले मन्त्रिपरिषद्ले पूर्णता पाएसँगै सरकार नागरिक र राष्ट्रका समस्या समाधान गर्ने गरी  आफ्नो कामलाई अघि बढाउने बताएका छन् ।  

२०७९ पुष २२ १३:२३ बजे

प्रतिक्रिया