कारोबार रकम ५ अर्ब माथि, कसले कमाए धेरै

bimbonline बिम्ब अनलाइन
२०७९ पुष २१ १५:१५ बजे
सेयर बजार

कारोबारको चौथो दिन आज बिहीबार सेयर बजार परिसुचक नेप्से १८.०९ अंकले उकालो लागेको छ । लगातार उकालो यात्रामा रहेको बजार आज पनि उकालो लागेको हो । हिजो बजार ६० अंक भन्दा धेरैले उकालो लागेको थियो । हिजो बजार उच्च अंकले उकालो लागे पनि कारोबार रकममा भने उल्लेख्य सुधार आएको थिएन  । आज बजार सामान्य अंकले उकालो लाग्दा पनि कारोबार रकम भने उकालो लागेको छ ।

उतार चढावका बावजुद बजार आज रियोमा आएर बन्द भएको छ । आज विभिन्न कम्पनीका ५०४ करोड रुपैयाँ बराबरका सेयर किनबेच भएका छन् ।आज बजार सामान्य अंकले उकालो लागे पनि चन्द्रागिरी हिल्स लिमिटेड, वुद्ध भूमि नेपाल हाइड्रो पावर , धौलागिरी लद्युवित्त, खप्तड लद्युवित्तर्सिरजनशिल  लद्युवित्तको सेयर मुल्यमा भने सकारात्मक सर्किट लागेको छ । 

आज बजारमा सबैभन्दा धेरै  कारोबार हुनेमा हिमालयन  डिस्टीलरी ,राडि पावर कम्पनि , हिमाल दोलखा हाइड्रो पावर र एन आइ सी एसीया बैंक रहेका छन् । 

आज गुमाउनेमा सिटिजन म्युचुअल फन्ड, मनकामना स्माट लद्युवित्त, नारयनी डेपलोमेन्ट बैंक रहेका छन् । 

२०७९ पुष २१ १५:१५ बजे

प्रतिक्रिया