नेपाली बजारमा आज सुनको मूल्य बढ्यो

bimbonline बिम्ब अनलाइन
२०७९ पुष २१ १२:०८ बजे
सुनको मूल्य

 काठमाडौं । नेपाली बजारमा आज बिहीबार सुनको  उकालो लागेको छ ।  आज छापावाल सुन तोलामा एक लाख ३ हजार एक सय रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख २ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको  नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

बुधबार छापावाल सुनको मूल्य एक लाख २ हजार ९ सय रूपैयाँमा र तेजाबी सुन प्रतितोला एक लाख २ हजार ४ सय रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ । 

आज चाँदी १५ रुपैयाँले घटेर १३ सय ८५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।  

२०७९ पुष २१ १२:०८ बजे

प्रतिक्रिया