चिसोका कारण धनुषामा एक जनाको मृत्यु

bimbonline बिम्ब अनलाइन
२०७९ पुष २१ ११:५५ बजे
मृत्यु

धनुषा ।  चिसोका कारण धनुषामा एक जनाको मृत्यु भएको छ । धनुषाको जनक नन्दिनी गाउँपालिका वडा नं.१ का मनोज यादवको चिसोका कारण मृत्यु भएको हो । चिसो बढ्दै गएपछि धनुषासहित तराईका जिल्लाको जनजीवन प्रभावित बन्दै गएको छ । 

जाडोका कारण धेरैजसो विद्यालयमा बिदा दिइएको छ भने बजारमा चहलपहल घटेको छ । चिसोमा कारण भाइरल सङ्क्रमण ज्वरो, निमोनिया, रुघाखोकीका बिरामी पनि बढ्न थालेका छन् । तराईका जिल्लामा दिनभरजसो घाम लाग्दैन । चिसो देशैभर बढेको भए पनि बढी असर तराईका जिल्लामा परेको छ ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जाडोबाट मानवीय क्षति नहोस् भन्नका लागि स्थानीय पालिकाले काम गरिरहेको बताए पनि त्यो प्रभावकारी देखिएको छैन ।

२०७९ पुष २१ ११:५५ बजे

प्रतिक्रिया