इङ्लिस प्रिमियर लिगमा टोटनह्याम र नटिङ्घम फरेस्ट विजयी

bimbonline बिम्ब अनलाइन
२०७९ पुष २१ ०७:०१ बजे
इङ्लिस प्रिमियर लिग

काठमाडौं ।  इङ्लिस प्रिमियर लिग फुटबलमा टोटनह्याम र नटिङ्घम फरेस्ट विजयी भएका छन् । गएराति भएका खेलमा टोटनह्यामले क्रिस्टल प्यालेसलाई ४–० गोल अन्तरले हराएको हो । 

टोटनह्यामका ह्यारी केनले दुई तथा म्याट डोहर्टी र सन हेवङ–मिनले एकरएक गोल गरे । जितसँगै टोटनह्याम १८ खेलमा ३३ अंकका साथ पाँचौँ स्थानमा रहेको छ । पराजित क्रिस्टल प्यालेस १७ खेलमा २२ अंकका साथ १२औँ स्थानमा रहेको छ । 

अर्को खेलमा नटिङ्घम फरेस्टसँग साउथह्याम्पटन पराजित भएको छ । नटिङ्घम फरेस्टले साउथह्याम्पटनलाई १–० गोलले हरायो । उसका ताइवो अवोनीले खेलको २७औँ मिनेटमा गरेको गोल नै निर्णायक भयो । जितसँगै नटिङ्घम फरेस्ट १८ खेलमा १७ अंकका साथ तालिकाको १५औँ स्थानमा रहेको छ ।पराजित साउथह्याम्पटन १८ खेलमा १२ अंकका साथ पुछारमा छ । 

२०७९ पुष २१ ०७:०१ बजे

प्रतिक्रिया