काठमाडौं। निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्धको महाभियोग सिफरिस समितिमा पठाइएको छ।
प्रतिनिधिसभाको आईतबार बसेको बैठकले प्रस्तावमाथि छलफल गरेपछि सभामुख अग्निप्रसाद सापकोटाले राखेको महाअभियोग सिफारिस समितिमा पठाउने प्रस्ताव संसदले बहुमतले पास गरेको छ ।
जबराविरुद्ध १ फागुनमा महाअभियोग दर्ता भएको थियो । सिफारिस समितिमा पठाउनुअघि आइतबार प्रतिनिधिसभामा महाअभियोग प्रस्तावमाथि सांसदहरुले छलफल गरेका थिए ।
प्रतिक्रिया