सत्तामा जान प्रचण्डजीको अनुहार हेरेरमात्रै हुँदैन ; माधव नेपाल

bimbonline बिम्ब अनलाइन
२०७९ पुष २० १५:३३ बजे
माधव नेपाल

काठमाडौं ।  नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले सरकारमा आफ्नो पार्टीको सहभागिताबारे  हतार नभएको बताएका छन् । यही पुस २६ गते सरकारले विश्वासको मत लिने भएकाले त्यसअघि सरकारमा आफ्नो पार्टीको सहभागिताबारे निर्णय लिन हतार  नभएको बताएका छन् । 

पार्टीको भातृ सङ्गठन युवा सङ्घ नेपाल  काठमाडौं जिल्ला कमिटीले आज बुधबार आयोजना गरेको एक कार्यक्रममा बोल्दै अध्यक्ष नेपालले राजनीतिक पिक्चर नै क्लिएर नभएकाले पनि आफ्नो पार्टीको पोलिटब्युरो बैठकले सरकारमा जाने र नजानेबारे निर्णय नलिएको उनले बताए ।  प्रचण्डको अनुहार हेरेरभन्दा पनि सरकारको नीति तथा कार्यक्रमलाई हेरेर, त्यहाँ रहेका राजनीतिक दलहरूको गतिविधिलाई हेरेर पुस २६ गते नै त्यो निर्णय गर्न आफूहरू तयार रहेको  उनले बताएका छन् । 

 उनले भने, ‘कसैकसैले समाचारमा एकीकृत समाजवादी त अलमलमा पर्‍यो भनेर लेखे । त्यो लेखेर ठिक गरे । पोलिटिकल सिनारियो त क्लिएर हुनुपर्‍यो नि ! अहिलेसम्म हामीले यो सरकारले कस्तो नीति र कार्यक्रम लिन्छ भन्ने कुरा हेर्नै पाएका छैनौँ । मान्छेको अनुहार हेरेर गर्ने हो भने प्रचण्डजीको अनुहार हेर्दा ल समर्थन गरिदिउँला भनौँला तर अनुहारलेमात्रै हुँदैन । त्यहाँ अनेकहरू छन । के–के गर्छन् भन्ने थाहा छैन । अनि त्यत्तिकै अगाडि सरेर बोल्ने कुरामा के हो हतार रु हामीलाई के बित्दो छ र रु २६ गते हो सरकारले विश्वासतको मत प्राप्त गर्ने । त्यो दिनसम्म हामीले निर्णय गरे पुगेन रु भैगो नि! सस्पेन्समै रहोस् । दुनिँया कुदिरहून् । कुराकानी हुन्छ, छलफल हुन्छ । अनि हाम्रो पार्टीको आधिकारिक कमिटीले निर्णय गर्छ ।’

उनले पार्टीका सांसदहरूलाई दलको ह्विप लाग्ने भन्दै सचेत समेत गराएका छन् । उनले राष्ट्रिय मान्यता नपाएका दलले पनि पार्टीका सांसदहरूलाई ह्विप लगाउन पाउने कानुनी र संवैधानिक व्यवस्था रहेको बताए ।

२०७९ पुष २० १५:३३ बजे

प्रतिक्रिया