सुदूरपश्चिम प्रदेश : नयाँ सरकार गठनका लागि मुख्यमन्त्रीमा दाबी गर्न आज आह्वान

bimbonline माधव राज जोशी
२०७९ पुष २० ०८:३२ बजे
सुदूरपश्चिम प्रदेश सभा

धनगढी । सुदूरपश्चिम प्रदेशमा नयाँ सरकार गठनका लागि प्रदेश प्रमुखले दलहरुलाई मुख्यमन्त्रीमा दाबी गर्न आज आह्वान गर्न लागेका छन् ।

प्रदेश प्रमुख देवराज जोशीले बुधबार विहान १० बजे पत्रकार सम्मेलन गर्दै दलहरुलाई मुख्यमन्त्रीमा दाबी गर्न आह्वान गर्न लागेका हुन । प्रदेश प्रमुखले मुख्य न्यायधिवक्ता कुलानन्द उपाध्यायसंग कानुनी परामर्श लिई दलहरुलाई मुख्यमन्त्री दाबी गर्न आह्वान गर्न लागेको प्रदेश प्रमुखको कार्यालयले जानकारी दिएको छ ।

संविधानको धारा १६८ को उपधारा ३ मा ‘प्रदेश सभाको निर्वाचनको अन्तिम परिणाम घोषणा भएको मितिले तीस दिनभित्र मुख्यमन्त्री नियुक्ति’ गर्नुपर्ने व्यवस्था बमोजिम प्रदेश प्रमुखले मुख्यमन्त्री गठन प्रक्रिया अघि बढाउन लागेको प्रदेश प्रमुख कार्यालयका निमित्त सचिव शैलेशराज ढुङ्गानाले बताए । उनले भने –‘हाम्रो तयारी पुरा भइसकेको छ । दलहरु तयार नहुँदा केही दिन लम्बीएको हो । आज (बुधबार) विहान १० बजे पत्रकार सम्मेलन गरि दलहरुलाई मुख्यमन्त्रीमा दाबी गर्न आह्वान गरिने छ ।’

छ दलसहित ५३ सदस्यीय रहेको यस प्रदेशमा कुनै पनि दलहरुको स्पष्ट बहुमत छैन् । स्पष्ट बहुमत नहुँदा दलबाट मुख्यमन्त्री हुन चाहने व्यक्तिले प्रदेश सभाबाट विश्वासको मत लिनुपर्ने हुन्छ ।

२०७९ पुष २० ०८:३२ बजे

प्रतिक्रिया