टि–२० क्रिकेट लिगको विषयमा छानबिन गर्न गृहको निर्देशन

bimbonline बिम्ब अनलाइन
२०७९ पुष २० ०८:२८ बजे
गृह

काठमाडौं ।  गृह मन्त्रालयले नेपाल टि–२० क्रिकेट लिगका बारेमा सत्यतथ्य छानबिन गरी आवश्यक कारबाही गर्न प्रहरीलाई निर्देशन दिएको छ ।

मन्त्रालयले हिजो एक विज्ञप्ति निकालेर म्याच फिक्सिङ तथा आयोजक सम्पर्क बाहिर रहेको र खेलाडीको पारिश्रमिकमा अनियमिता भएकोबारे आवश्यक छानबिन गर्न  निर्देशन दिएको हो ।

‘टि–२० लिग क्रिकेट प्रतियोगिताका बारेमा सामाजिक सञ्जाल तथा पत्रपत्रिकामा आयोजक सम्पर्क बाहिर गएको, खेलाडीको पारिश्रमिकमा अनियमितता भएको र स्पट फिक्सिङ भएको जस्ता समाचार निरन्तररुपमा आइरहेकाले यस विषयमा के–कसो भएको हो आवश्यक छानबिन गरी जे–जे गर्नुपर्ने हो, यथाशीघ्र गर्नुरगराउनु हुन उपप्रधानमन्त्री तथा गृहमन्त्रीको निर्देशानुसार अनुरोध छु, मन्त्रालयले निकालेको विज्ञप्तिमा उल्लेख छ ।गएको पुस ९ गतेदेखि कीर्तिपुर मैदानमा लिग सुरु भएको हो ।  

२०७९ पुष २० ०८:२८ बजे

प्रतिक्रिया