रोनाल्डो साउदी क्लब अल नसरमा सार्वजनिक

bimbonline बिम्ब अनलाइन
२०७९ पुष २० ०८:१६ बजे
रोनाल्डो

 काठमाडौं । साउदी अरेबियाको फुटबल क्लब अल नसरले पोर्चुगिज फरवार्ड क्रिस्टियानो रोनाल्डोलाई सार्वजनिक गरेको छ । घरेलु मैदान म्रसोल पार्कमा गएराति एक कार्यक्रमकाबीच अल नसरले रोनाल्डोलाई सार्वजनिक गरेको हो ।

सार्वजनिक कार्यक्रममा बोल्दै रोनाल्डोले युरोपमा आफ्नो भूमिका सकिएको तथा अब नयाँ चुनौती सामनाको लागि तयार रहेको बताएका छन् । रोनाल्डोले साउदीको क्लबसँग दुई वर्षको सम्झौता गरेका छन् । रोनाल्डो सन् २०२५ सम्म साउदी अरेबियाको क्लबमा रहने छन् ।

३७ वर्षीय रोनाल्डो म्यानचेस्टर युनाईटेडसँगको सम्झौता अन्त्य गर्दै केहि दिन अघि अल नसर पुगेका हुन् । अल नसरले रोनाल्डोलाई कीर्तिमानी मूल्यमा अनुबन्ध गरेको स्पेनिस पत्रिका मार्काले जनाएको छ । नसरले रोनाल्डोलाई यसअघि वार्षिक १ सय ७५ मिलियन पाउन्डको अफर गरेको थियो ।

पाँच पटकको बालेन डीओर विजेता रोनाल्डोले युनाईटेडबाट २ सय ९२ खेलमा १ सय १८ गोल गरेका थिए । त्यस्तै रियल मड्रिड र युभेन्ट्सबाट पनि खेलेका थिए । रोनाल्डोलाई स्वागत गर्न हजारौँ समर्थक मैदानमा पुगेका थिए ।

२०७९ पुष २० ०८:१६ बजे

प्रतिक्रिया