सरकारमा जानको लागि सम्मानजनक शक्ति बाँडफाँड खोज्दै जसपा

bimbonline बिम्ब अनलाइन
२०७९ पुष १९ १८:४१ बजे
जसपा

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) पनि सरकारमा जान सक्ने भएको छ । अहिलेको माओवादी  नेतृत्वको सरकारमा आफुहरुको सम्मानजनक शक्ति बाँडफाँड भए सरकारमा जाने  जसपाको निणर्य रहेको छ । 

मंगलबार सकिएको राजनीतिक समितिको बैठकले सरकारमा जाने नजाने बारे मत बाँझिएको थियो । बहुसंख्यक नेताहरू सरकारमा जानुपर्ने पक्षमा उभिएपछि सम्मानजनक शक्ति बाँडफाँड र सरकारको नीति तथा कार्यक्रममा परिवर्तनका एजेण्डाहरू समावेश भए सरकारमा सहभागी हुने निर्णय गरेको हो । नभए पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारलाई बाहिरबाट समर्थन गर्ने जसपाको निणर्य रहेको छ । 

बैठकले विभिन्न दल तथा संगठनसँग एकता तथा गठबन्धनसम्बन्धी वार्ताका लागि राजेन्द्र श्रेष्ठको संयोजकत्वमा रकम चेम्जोङ र गोविन्द चौधरी सदस्य रहेको वार्ता समिति पनि बनाएको छ । 

२०७९ पुष १९ १८:४१ बजे

प्रतिक्रिया