सुदूरपश्चिम प्रदेशसभा :नेपाली कांग्रेस संसदीय दलको नेता बन्न ६ जनाले दावी

bimbonline माधव राज जोशी
२०७९ पुष १९ १५:२९ बजे
नेपाली कांग्रेस

धनगढी । सुदूरपश्चिम प्रदेशसभामा नेपाली कांग्रेस संसदीय दलको नेता बन्न ६ जनाले दावी गरेका छन् । नेता चयनका लागि नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेश समितिले मंगलबार गरेको छलफलमा ६ जना प्रदेश सांसदले दावी पेस गरेका हुन् ।

संसदीय दलको नेताका लागि दावी गर्नेमा प्रदेश महामन्त्री समेत रहेका मेघराज खड्का, बहादुरसिंह थापा, प्रकाश देउवा, शिवराज भट्ट, दिवानसिं विष्ट र कमल शाह रहेका छन्।

१९ जना प्रदेश सांसदसहित नेपाली कांग्रेसले प्रदेश पदाधिकारीको बैठकले भोली बिहान सम्म सहमतिका लागि समय दिएको नेपाली कांग्रेस प्रदेश महामन्त्री नरनारायण शाहले बताए।

२०७९ पुष १९ १५:२९ बजे

प्रतिक्रिया