सुदूरपश्चिम प्रदेश सभा : नेपाली कांग्रेसकाे पदाधिकारी बैठक बस्दै

bimbonline बिम्ब अनलाइन
२०७९ पुष १९ ११:५९ बजे
नेपाली कांग्रेस

धनगढी । सुदूरपश्चिम प्रदेशसभा संसदीय दलको नेता चयन लगायतका विषयमा छलफल गर्न नेपाली कांग्रेसले प्रदेश पदाधिकारीको बैठक बोलाइएको छ । मंगलबार बिहान ११ बजे प्रदेश पार्टी कार्यालयमा पदाधिकारी बैठक बोलाएको कांग्रेस प्रदेश महामन्त्री तथा प्रदेश सभा सदस्य मेघराज खड्काले बताए  ।

काँग्रेसमा दलको नेताका लागि पाँच, छ जना  आकांक्षी  छन् । सुदूरपश्चिममा संस्थापनका प्रकाश देउवा र इतरका दिवानसिंह विष्टबीच प्रतिस्पर्धा हुने सम्भावना छ ।

प्रदेशमा ५३ सिट रहेकोमा १९ सिट ल्याएर कांग्रेस पहिलो स्थानमा छ । उनीहरूमध्ये अधिकांश संस्थापनकै छन् ।

सुदूरपश्चिममा नेपाली कांग्रेसका १९, माओवादी केन्द्रका ११, नेकपा एमालेका १०, नागरिक उन्मुक्ति पार्टीका ७, नेकपा एसका ४, राप्रपाका १ र स्वतन्त्र १ गरी ५३ सांसद छन् ।

२०७९ पुष १९ ११:५९ बजे

प्रतिक्रिया