महाअभियोगमा एमालेलाई सरकारको कडा जवाफः ९ महिना संसद अवरोध कसले गर्‍यो ?

महाअभियोगमा एमालेलाई सरकारको कडा जवाफः ९ महिना संसद अवरोध कसले गर्‍यो ?

bimbonline बिम्ब अनलाइन
२०७९ साउन २२ १६:२८ बजे
महाअभियोग

 काठमाडौं । आज बसेको प्रतिनिधिसभाको  बैठकमा प्रमुख प्रतिपक्ष दल नेकपा एमाले र सरकार पक्षका  नेताहरु  विच सवाल जवाफ चलेको छ । प्रतिनिधिसभाको आइतबार बसेको बैठक। प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाविरुद्धको महाअभियोग प्रस्तावमाथिको छलफलका क्रममा सत्ता पक्ष र विपक्षी एमालेबीच सवाल जवाफ  चलेको हो ।  

एमालेले अभियोग दर्ता भएको ६ महिनापछि छलफलमा ल्याउनु गलत भएको र यसमा सत्ता पक्षको बद्नियत भरहेको आरोप लगायो।एमालेका सांसदहरुले प्रस्ताव पारित गर्न सत्ता पक्षसँग दुई तिहाइ बहुमत नभए पनि अभियोग लगाएर राणालाई निलम्बनमा राख्नैका लागि गलत उद्देश्यका साथ ल्याइएको आरोप लगायो। पारित नहुने भएपछि प्रस्तावमाथि छलफल गर्न अघि बढाउन नचाहेको दाबी एमालेको छ।

आइतबार सदनमा चलिरहेको महाअभियोगको छलफलमाथि एमालेको आरोपको खण्डन गर्दै सत्ता पक्षका सांसदहरुले एमालेकै कारण प्रस्ताव अघि बढ्न नसकेको जवाफ फर्काए। एमालेले ( महिनासम्म गरेको अवरोधका कारण महाअभियोगमाथि छलफल हुन नसकेको कांग्रेस सांसद अहतरकमला मुसलमानले बताए।

उनले भने, ‘हामी प्रस्तावमाथि छलफल गर्न ढिलो भयो, ढिलो भयो भनिरहेका छौँ, आखिर किन भयो त ढिलोरु नौ महिनासम्म कसले संसद अवरुद्ध पारेर चल्न दिएनरु त्यसैको कारण ढिला भयो। त्यस्तै माओवादीका सांसद टेकबहादुर बस्नेतले पनि नियतवस नभइ एमालेको अवरोध र संसदको अरु कामकारबाहीका कारण ढिलाइ भएको प्रष्टीकरण दिए।उनले भने, ‘लामो समय संसद अवरोध हुनु, स्थानीय तहको चुनाव, बजेट ल्याउनुपर्‍यो, यी कारणले ढिलाइ भएको हो। यो कुरा त उहाँरुलाई पनि थाहा छ नि! उहाँहरु किन बुझी बुझी बुझ पचाउनु हुन्छरु’

कांग्रेसकी सांसद लक्ष्मी परियारले जसले दुई–दुई पटक संसद विघटन गरेर काम गर्न दिएन, उसैले गलत आचरण भएका प्रधानन्यायाधीशलाई सहयोग गरेको आरोप लगाइन्

उनले एमालेप्रति लक्षित गर्दै अदालतकै आदेशका कारण सांसदका कुर्सीमा बस्न पाएको तथ्य नभुल्न सुझाव दिइन्। उनले भनिन्, ‘उहाँहरु जसलाई परमादेश परमादेश भन्नुहुन्छ, त्यही आदेशका कारण उहाँहरुको सांसदको कुर्सीमा बस्न पाउनुभएको हो। उहाँहरुको कुरा सुन्दा लाज पनि लगाउने अवस्था छ।’


२०७९ साउन २२ १६:२८ बजे

प्रतिक्रिया